Section 40
हकदाबी उपर कारबाही
(१) कसैले दफा ३९ बमोजिम बेवारिसी अवस्थामा रहेको काठको स्वामित्व रहेको प्रमाण सहित माग गरेमा र सो सम्बन्धमा त्यस्तो व्यक्तिको हकदाबी पुग्ने देखिएमा त्यस्तो काठ निजलाई हस्तान्तरण गरिनेछ।

(२) बेवारिसी काठको हकदाबी तथा सो उपरको कारबाही सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।